बिहीबार सेयर कारोबार १ अर्ब ३८ करोडको मात्रै
वि.सं.२०७९ भदौ १६ बिहीवार १६:३६
1.8K
shares
काठमाडौं: सेयर बजारमा बिहीबार नेप्से १.०८ अंकले घटेर १९२७.२९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.६६ प्रतिशतले ओरालो लागेको छ ।
बुधबार नेप्से २१ अंकले घटेको थियो । सो दिन १ अर्ब १२ करोड ६२ लाख ४७ हजार ८६२ रुपैयाँको सेयर कारोबार भएको थियो ।
बिहीबार सेयर कारोबार रकम बुधबारको तुलनामा सामान्य बढेको छ । १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १६२ रुपैयाँको सेयर कारोबार भयो ।
बिहीबार २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर खरिद बिक्री भयो । सामान्य अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
हिमालय एभरेस्ट इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स (प्रमोटर) को सेयर मूल्य १० प्रतिशतले बढेको हो । कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक बढ्यो भने ६ को घट्यो ।
फाइनान्स समूहको सूचक सर्वाधिक १.३१ प्रतिशतले बढ्दा अदर्श समूहको १.९२ प्रतिशतले ओरालो लाग्यो ।
वि.सं.२०७९ भदौ १६ बिहीवार १६:३६



















