कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर
वि.सं.२०७९ भदौ ६ सोमवार १८:१७
4.5K
shares
काठमाडौं: हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।
बैंक र अस्पतालले एक समारोहकाबीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको छ । बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ ।
बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।
नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका गरेका छन् ।
वि.सं.२०७९ भदौ ६ सोमवार १८:१७




















