वाईसिएलको अध्यक्षमा श्रीपाली
वि.सं.२०७९ भदौ ६ सोमवार ०८:४२
1.4K
shares
काठमाडौं : नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।
हिजो आइतबार काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाले श्रीपालीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन भएका छन् । पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ।
वि.सं.२०७९ भदौ ६ सोमवार ०८:४२




















