माछापुच्छ्रेको मोबाइल बैंकिङबाटै ऋण लिन मिल्ने
वि.सं.२०७९ भदौ १ बुधवार १६:३८
4K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ मार्फत मुद्दती निक्षेप राखेर ऋण लिन पाउने ‘लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधा ल्याएको छ ।
बैंकका अनुसार यो सेवा मोबाइल बैंकिङ एप र एमबिएलएम स्मार्टबाट लिन सकिनेछ । योसँगै ग्राहकले खाता खोल्न बैंकसम्म आउनु नपर्ने मात्रै होइन मुद्दती खाता राखेर सरल तरिकाले ऋण लिन पनि सकिने बैंकले जनाएको छ ।
अहिलेसम्म बैंक ऋण लिन भौतिक रुपमै उपस्थित हुनुपर्ने झन्झट हटाउन यो सेवा ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले एमबिएल एम-स्मार्टलाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नहोस् भन्ने लक्ष्य राखेको जनाएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १६:३८


















