YouTube Link

रामेछाप कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङविरुद्ध चेतावनी सहित ध्यानाकर्षण (विज्ञप्तीको पूर्णपाठसहित)

Facebook Link

 

रामेछापः नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिले जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अल्पमतमा रहेको जनाउँदै हस्तक्षर सहित एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

 

आगमी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एवम् संगठनलाई चलायमान गराउन भनि सल्लाह सुझाव दिंदा समेत एकल ढंगले निर्णय गरेकोले कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेका छन् ।

 

जिल्ला कार्य समितिको साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई साउन ६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको कुरा उनीहरुले बताएका छन् ।

 

जारी विज्ञप्तीमा भनिएको छ- “कार्य समिति सदस्यहरुले ज्ञापन-पत्र दिँदादिँदै पनि पार्टी सभापतिले पुनः १७ साउनमा बैठक बोलाई बैठकमा २० जना मात्र उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनि पूर्ववत सर्वसम्मतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं ।”

 

सम्बन्धित सरोकारवाला निकायले यो विषय निराकरणको लागि तत्काल पहल गर्न अनुरोध गर्दै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले थप सशक्त संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्न बाध्य हुने भन्दै विज्ञप्ती जारी गरेर चेतावनी समेत दिएका छन् ।

 

कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट तामाङले निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले पटक-पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।

 

उनीहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।

 

हस्ताक्षर सहित प्रेस विज्ञप्तीको पूर्णपाठः

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...