हुण्डी कारोबारी आशंकामा ७४ लाख रुपैयाँसहित तीन जना पक्राउ
वि.सं.२०७९ साउन २४ मंगलवार १८:२५
2.5K
shares
काठमाडौं: हुण्डी कारोबार हुने गरेको आशंकामा प्रहरीले तीन जनालाई ७४ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको राजस्थान शिखर जिल्ला देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ का २० वर्षीय रामहरि दुलाल र रौतहटको चन्द्रपुर नगरपालिका-४ का २४ वर्षीय सुदीप आचार्य छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं नरदेवीबाट पक्राउ गरेको हो ।
त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको चेक पनि बरामद भएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार १८:२५



















