YouTube Link

प्रभु लाईफ इन्स्योरेन्सको ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ सम्पन्न

Facebook Link

 

काठमाडौं: प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ ।

 

कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।

 

विजनेस कन्फरेन्स कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरे भने क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रमको उद्घाटन कम्पनीका संचालक समिति अध्यक्ष सुभाष अमात्यले गरेका हुन् ।

 

कार्यक्रममा आगामी दिनका लागि कम्पनीको व्यवसायिक रणनीति तथा अवलम्वन गरिने मार्गदर्शन निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

 

उक्त सम्मेलनमा देशभरि रहेका उत्कृष्ट अभिकर्ता, प्रदेश कार्यालय प्रमुख, शाखा तथा उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

 

पहिलो चरण, विजनेस कन्फरेन्स कार्यक्रममा उत्कृष्ठ कार्यसम्पदान गर्ने कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने दोस्रो चरण, क्लब्स इभेन्ट सेलिब्रेसन कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष  सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उत्कृष्ट व्यवसाय गर्ने सिईयो क्लव तथा चेयरम्यान क्लव दर्जाका अभिकर्ताहरुलाई सम्मान गरेका थिए ।

 

कम्पनीका चियरम्यान क्लबमा पर्न सफल अभिकर्ताहरुलाई संचालक समिति अध्यक्ष सुभाष अमात्यले र सिइओ क्लबमा पर्न सफल अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सम्मान तथा बिभिन्न पुरस्कारहरु प्रदान गरेका हुन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु लाईफका संचालक समिति अध्यक्ष सुभाष अमात्यले छोटो समयमा प्राप्त सफलताहरुले हाम्रो आगामी यात्राको लक्ष्य निर्धारण गर्ने छ भनि शुभकामना व्यक्त गरे ।

 

त्यस्तै सम्बोधनकै क्रममा प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हामी सबैको अथक मिहेनत एवं प्रयासले गत आर्थिक वर्ष २०७८/७९ को लक्ष्य चुम्न सफल भएकोमा सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...