दक्षिणपश्चिम युरोपमा अत्याधिक गर्मी बढ्दो, गर्मीले जनजीवन अस्तव्यस्त
वि.सं.२०७९ साउन २ सोमवार १०:४०
2.6K
shares
एजेन्सीः दक्षिणपश्चिम युरोपमा अहिले अत्यधिक गर्मीको चापलहरले जनजीवन अस्तव्यस्त बनेको छ । गर्मीको कारण त्यहाँका जंगलमा आगलागी पनि बढेको छ । त्यस्तै यहाँको तापक्रम पनि अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने दिशामा अघि बढेको छ ।
फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा आगलागी फैलिएसँगै अहिले त्यहाँका अधिकारीहरु त्यसलाई नियन्त्रणको लागि प्रयास गरिरहेका छन् ।
हजारौं क्षेत्रमा फैलिएको आगलागी नियन्त्रणको प्रयासमा केही सुरक्षाकर्मीको मृत्यु पनि भइसकेको छ ।
स्पेनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथिको विन्दुमा पुगेको छ । जसको कारण अहिलेसम्म कम्तीमा ३६० जनाको मृत्यु भएको छ । शुक्रबार मात्र स्पेनको केही क्षेत्रमा तापक्रम बढेर ४५ डिग्री पुगेको छ । सो क्रममा १२३ जनाको मृत्यु भएको थियो ।
छिमेकी मुलुक पोर्चुगलमा पनि जुलाई ७ देखि १३ को बीचमा २३८ जनाको मृत्यु भएको थियो । मृत्युदर बढ्नुको कारण अत्यधिक तापक्रम रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
मृत्यु हुनेमध्ये धेरैजसोमा वृद्ध उमेरको कारण कमजोरी वा अन्य समस्या पनि रहेका बिरामी छन् । लामो समयदेखिको खडेरी र बढ्दो तापक्रमको कारण विशेषगरी पोर्चुगल र स्पेनमा आगलागीको घटना बढेको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १०:४०




















