आजबाट पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइदै
वि.सं.२०७९ साउन २ सोमवार १०:२२
2K
shares
काठमाडौं: आजबाट पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ ।
देशभरमा २७ जिल्लाका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आजबाट लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन लागेको छ ।
दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो ।
आजदेखि खोपलगाउन लागिएका २७ जिल्लाहरुमा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरा रहेका छन् ।
वि.सं.२०७९ साउन २ सोमवार १०:२२




















