प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
वि.सं.२०७९ असार २३ बिहीवार १८:४०
2.1K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
जारी केन्द्रीय समितिको बैठकमा आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेसन सहितको प्रस्ताव पेश गरेका थिए । यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ती’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए ।
उनले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गरेका थिए ।
वि.सं.२०७९ असार २३ बिहीवार १८:४०




















