YouTube Link

एकदिवसिय अभ्यास खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित

Facebook Link

काठमाडौं: दोस्रो एक दिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले ८३ रनले पराजित भएको छ ।

योसँगै दुई खेलको अभ्यास खेलको सिरिज क्यानाडाले १–० ले जितेको छ ।

जितका लागि १८९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा १०५ रनमा अल आउट भयो ।

नेपालका लागि देव खनालले ४९ बलमा २ चौकासहित २६ रन बनाए ।

बसिर अहमद ४१ बलमा १३ र विनोद भण्डारी २३ बलमा १ छक्कासहित १३ रनमा आउट भए । आदिल अन्सारी १३ र सन्दीप लामिछाने ११ रनमा आउट भए ।

करण केसी पाँच रनमा अविजित रहे । क्यानाडाका अमर खालिद, सलमान नजर, रोमेल शहजाद, साद विन जाफर र हर्ष ठकरले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

क्यानडाका आरोन जोनसनले ५५ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिए । अमर खालिद ३६ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित रहे । भूपेन्द्रसिंह २८ बलमा १ चौकासहित १० रनमा आउट भए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

बसिर अहमद, आदिल अन्सारी र करण केसीले १-१ विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...