YouTube Link

इजाजत नै रद्ध गर्ने चेतावनीपछि हवाई उडान सुचारु हुँदै

Facebook Link

काठमाडौँ : विभिन्न पाँचबुँदे माग राखी अनिश्चितकालीन हवाई हड्तालको पूर्व घोषणा गरेको वायुसेवा सञ्चालकहरु पछि हटेका छन् । सरकारले अत्यावश्यक सेवा ऐन अन्तर्गत पक्राउ गरी कारबाही गर्ने तथा इजाजत रद्ध गर्नेसम्मको तयारी गरेपछि वायुसेवा सञ्चालकहरु हवाइ सेवा रोक्ने निर्णयबाट पछि हटेका हुन् ।

 

उनीहरुले आज बिहान ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने निष्कर्षमा पुगेका छन् । वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी आजदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका थिए ।

तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गरे सञ्चालकहरुलाई पक्राउ गरी वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्नेसम्मको चेतावनी दिएपछि उनीहरु एकाएक पछि हटेका हुन । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेर वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गरिने बताए ।

जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी दिएका थिए । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहिबाट नै पहिलो उडान भर्नु पर्ने तथा नाइट स्पटका लागि त्यहि बास बस्नु पर्ने निर्णय गरेको थियो ।

प्राधिकरणमा गए राति बसेको बैठकमा वायुसेवा सञ्चालक संघले सबै उडान सञ्चालन गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार सरकारले ०७९ जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...