काभ्रेली समूहको आक्रमणबाट सिंह घाइते
वि.सं.२०७९ जेठ २६ बिहीवार ११:३०
1.9K
shares
काठमाडौ: दरबारमार्गमा रहेको प्लाटिनम डिस्कोमा काभ्रेली समूहको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।
आज बिहान ३ बजे काभ्रेली समूहको आक्रमणमा परी बालुवाटार बस्ने प्रतिष भास्कर सिंह घाइते भएका हुन ।
कुमार घैंटेको इन्काउन्टरपछि रात्रि क्लवहरुमा गुण्डागर्दीमा संलग्न समूहको बन्द भएको ग्याङ वार फेरी मौलान थालेको प्रहरीले बताउन थालेको छ । सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका छन् ।
आक्रमणमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको समूहले आक्रमण गर्दा घाइते सिंहको टाउकोमा ७ ओटा टाँका लगाइएको छ ।
उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार ११:३०




















