YouTube Link

सुहागरातको रात नै बेहुलाको लाखौं कुम्ल्याएर बेहुली भागेपछि…

Facebook Link

 

एजेन्सी : घरमा नयाँ बेहुली भित्र्याएपछि पहिलो दिनलाई शिेष रुपमा लिईन्छ । विबाह एउटा प्रकृया हो । यही प्रकृयाको शुरुको दिन बेहुली भएभरको झिटीझाम्टा लिएर भागेपछि के होला ?
हो यस्तै भएको छ भारतको बिहारमा ।

 

विवाह गरेको २४ घण्टा नहुँदै नवदुलही श्रीमान र ससुरालाई छक्याएर घरबाट भागेपछि बेहुलापक्ष ईन्तु न चिन्तु भएका छन् । मोतिहारीको हरनाथपुरस्थित परसौनी गाउँका युवक आनन्दकुमारलाई उल्लू बनाएर मुन्नीकुमारी आफ्ना भिनाजु र भाइसँग बेपत्ता भएको स्थानीयले जनाएका छन् ।

 

बेहुला आनन्दकुमारले ससुरालीबाट दाइजो पाएको मोटरसाइकलमा चढेर उनी भिनाजुसँग घरबाट हिँडेकी हुन् । सुहागरात अर्थात विवाहको पहिलो रातमा रम्नुअघि नै दुलही मुन्नीकुमारी चार लाखको गरगहना र भारु एक लाख ५० हजार नगद बोकेर हिँडेकी प्रहरीमा उजुरी परेको छ ।

 

पीडित दुलाहाले नवविवाहित मुन्नीलाई भिनाजु र भाइसहित धनमाल लिएर भागेको आरोपमा पाकिदयालको धनौजी प्रहरी चौकीमा उजुरी गरेका छन् ।

 

आनन्दकुमार हरनाथ गाउँका जोगी साहका छोरा हुन् । उनको विवाह ढाका क्षेत्र पर्साका रामनाथ साहकी छोरी मुन्नीकुमारीसँग हिन्दू परम्पराअनुसार भएको हो ।

 

नयाँ दुलही घरमा भित्रिएपछि बेहुलापक्षले तामझामसहित न्यानो स्वागतको कार्यक्रम गरिरहेको थियो । दुलहीको आगमनसँगै आनन्दकुमारको घरमा उत्सव चलिरहेका बेला ती युवती एकाएक हराएपछि बेहुलाको घरको माहोल सुनसान भएको हो ।

 

स्थानीयवासीले दुलहीसहित भिनाजु र भाइको खोजी गरेपनि कतै नभेटेको बताइन्छ । उनले चार लाख भारुको गरगहना, डेढ लाख नगद र दुलाहाले दाइजोमा पाएको नयाँ मोटरसाइकल समेत लगेपछि घरगाउँले र नातेदारहरुको अगाडि दुलाहाको परिवार नाजवाफ भएको बताइन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...