पार्टी हित विपरित काम गर्नेलाई कारबाही हुन्छः कान्छाराम
वि.सं.२०७९ जेठ १० मंगलवार ११:१८
5.9K
shares
रामेछापः नेपाली कांग्रेस रामेछापले पार्टी हित विपरित काम गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित काम गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको कडा कारवाही गर्ने बताएका छन् ।
उनले निर्वाचनमा पार्टी हित विपरित काम गर्नेका बिरुद्ध ७ दिनभित्र जिल्ला पार्टी कार्यालयमा निवदेन दिन समेत अनुरोध गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति तामाङले यस अगाडि रामेछाप जिल्लामा तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई यस पटक पहिलो स्थानमा पुर्याउन सफल भएकोमा रामेछापका आम मतदातालाई धन्यवाद व्यक्त गरे ।
उनले अबको जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेससँग स्पष्ट बहुमत नभएकाले जिल्लाका जुनसुकै दलसँग पनि गठबन्धन गरेर अगाडि बढ्न कांग्रेस तयार रहेको बताए ।
पार्टी भित्रको आन्तरिक व्यबस्थापनमा समस्या हुँदा केहि स्थानमा पराजय भोग्नु परेको नेपाली काँग्रेस रामेछापका उप-सभापति लेखबहादुर कार्कीले बताए ।
नेपाली कांग्रेसले रामेछाप जिल्लामा ३ वटा पालिका प्रमुख, ४ वटा उप-प्रमुख र २४ वटा वडामा वडा अध्यक्षमा विजय प्राप्त गरेको छ ।
वि.सं.२०७९ जेठ १० मंगलवार ११:१८



















