YouTube Link

पार्टी हित विपरित काम गर्नेलाई कारबाही हुन्छः कान्छाराम

Facebook Link

 

रामेछापः नेपाली कांग्रेस रामेछापले पार्टी हित विपरित काम गर्नेलाई कारवाहि गर्ने चेतावनी दिएको छ ।

 

जिल्ला सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरित काम गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनको कडा कारवाही गर्ने बताएका छन् ।

 

उनले निर्वाचनमा पार्टी हित विपरित काम गर्नेका बिरुद्ध ७ दिनभित्र जिल्ला पार्टी कार्यालयमा निवदेन दिन समेत अनुरोध गरेका छन् ।

 

नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति तामाङले यस अगाडि रामेछाप जिल्लामा तेश्रो स्थानमा रहेको नेपाली कांग्रेसलाई यस पटक पहिलो स्थानमा पुर्याउन सफल भएकोमा रामेछापका आम मतदातालाई धन्यवाद व्यक्त गरे ।

 

उनले अबको जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेससँग स्पष्ट बहुमत नभएकाले जिल्लाका जुनसुकै दलसँग पनि गठबन्धन गरेर अगाडि बढ्न कांग्रेस तयार रहेको बताए ।

 

पार्टी भित्रको आन्तरिक व्यबस्थापनमा समस्या हुँदा केहि स्थानमा पराजय भोग्नु परेको नेपाली काँग्रेस रामेछापका उप-सभापति लेखबहादुर कार्कीले बताए ।

 

नेपाली कांग्रेसले रामेछाप जिल्लामा ३ वटा पालिका प्रमुख, ४ वटा उप-प्रमुख र २४ वटा वडामा वडा अध्यक्षमा विजय प्राप्त गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...