YouTube Link

आज साँझ उम्मेदवारको नामावली प्रकाशन गरिदै, करिव १५ जनाको उम्मेदवारी खारेज

Facebook Link

 

काठमाडौं: स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ ।

 

११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

 

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

 

आयोगले १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ ।

 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

 

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

 

निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि ३ हजार ४९६, उपप्रमुख पदका लागि २ हजार १५७ जनाले  निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको छ ।

 

त्यसैगरी अध्यक्ष पदमा  ३ हजार ३८७, उपाध्यक्ष पदमा २ हजार ४०१ जनाले उम्मेदवारी दिएका छन् ।

 

३५ हजार २८४ जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। महिला वडा सदस्य पदका लागि  २६ हजार ४६८, दलित महिला सदस्यका लागि २३ हजार ८५९,  सदस्य पदमा ५५ हजार ४९१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...