Rajshow Bivag

कांग्रेस नेतृ सिर्जना सिंहले दर्ता गरिन काठमाडौंको मेयरमा उम्मेदवारी

Departmant of helth services

 

काठमाडौं: सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

 

उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी सहित सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्‍यालीमा सहभागी थिए ।

 

मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरले पहिलो महिला नेतृत्व पाउन लागेको बताएकी छिन् ।

 

उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् ।

 

‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

 

आफू मेयर भएपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने भन्दै सिंहले ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् ।

 

त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् ।

 

‘काम गरेर घर चलाउनुपर्ने महिलाका बच्चाहरू हेर्दिने डे केयर सेण्टरहरु बनाउँछु । अहिले बच्चाको स्याहार गर्न नै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, त्यो हटाउँछु’, सिंहले भनिन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...