YouTube Link

भागबण्डा टुंग्याउन गठबन्धनको निर्णायक बैठक आज बस्दै

Facebook Link

 

काठमाडौं: स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच महानगर र उपमहानगर बाँडफाँटमा अझै टुंगो लाग्न सकेको छैन ।

 

पटक-पटक छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको सत्तागठबन्धनको भागबण्डा टुंग्याउनका लागि आज फेरि बैठक बस्दैछ ।

 

आजको बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । बैठक ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ ।

 

हिजो अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ ।

 

६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक-एक वटा दिने सहमति भएको बताइएको छ ।

 

त्यस्तै ११ मध्ये ७ वटा उपमहानगर कांग्रेसले राखेर बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।

 

हिजो अबेरसम्म भएको छलफलमा जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको हो ।

 

यी दुई महानगरमा दुवै पार्टीले दाबी गरेपछि कुरा मिल्न नसकेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...