क्यान महासंघले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छः नवराज कुँवर (अध्यक्ष, क्यान महासंघ)

 

सूचना प्रविधिको क्षेत्रमा भएको विकास र विस्तारको बारेमा जानकारी दिने उद्देश्यले यस वर्ष क्यान महासंघले २७औं क्यान इन्फोटेकको एक्स्पो गर्न लागेको छ । यसै सन्दर्भमा महासंघका अध्यक्ष नवराज कुँवरसँग आर्थिकन्युज डटकमबाट साभार गरिएको सम्पादित कुराकानीको अंशः

 

– क्यान इन्फोटेकको बारेमा संक्षिप्त रुपमा बताइदिनुहोस् न ?

विश्वभरी सूचना प्रविधिमा आएको नयाँ प्रविधि  विकासमा के कस्तो प्रविधिको विकास भयो भन्ने कुरालाई एउटै थलोबाट जानकारी दिने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले क्यान इन्फोटेकको सुरुवात भएको हो । सूचना प्रविधिको प्रवर्द्धन गर्ने र यसको बारेमा जनचेतना फैलाउने नै यसको मुख्य उद्देश्य हो । सुरुमा मोबाइल फोन र इन्टरनेट नभएको बेला सूचना प्रविधिको जानकारी लिने थलोको रुपमा क्यान इन्फोटेक मात्र रहेको थियो ।

 

अहिले केही कुरा सामाजिक सञ्जालले पनि जानकारी दिन थालेको छ । सामाजिक सञ्जाललहरुबाट यी प्रविधिको जानकारी लिइरहे पनि नेपालीहरुको बानी भौतिक रुपमा उपस्थित नभईकन र व्यवहारमा लागू नभएसम्म कुनैपनि कुराहरुलाई कम विश्वास गर्ने गर्छौ । तसर्थ यस्ता इन्फोटेकहरुमा सबै प्रकारका जानकारीहरु एकै ठाउँबाट विस्तृत रुपमा दिने गर्छ । र, अवलोकन गर्दा पनि आफूलाई आवश्यक भएका कुराहरुको बारेमा एकै थलोबाट जानकारी लिन सक्ने र व्यापारीहरुले पनि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नका लागि लाखौं व्यक्तिहरुको बिचमा आफ्ना उत्पादनहरु प्रदर्शन गर्न सक्ने भएकाले पनि यसलाई महत्वको रुपमा हेरिन्छ ।

 

यस वर्षको मेलामा भित्र १७० वटा स्टलहरु छन् । अहिलेको इन्फोटेकमा ब्रान्डिङलाई महत्व दिएका छौ । भित्रको हलमा ब्रान्डिङ स्टलहरु रहनेछन् । बाहिर स्टार्टअप र इनोभेसनलाई पनि महत्व दिएका छौ । भित्रतिर सफ्टवेयर, हार्डवयर र पेमेन्ट गेट वे लगायतका ठूलो हलमा ६५ वटा स्टलहरु रहनेछन् ।

 

क्यान इन्फोटेक कम्प्टुटर एशोसियसन नेपाल महासंघले वर्षेनी सुरु गर्ने कार्यक्रम हो । यो कार्यक्रम अरु कसैले सुरु गरेको छैन । नेपालमा मेला महोत्सवको सुरुवात पनि १९९५ देखि क्यानले गरेको हो । अहिले हामी २७ औं संस्करण छौं । कोरोनाको कारणले गत वर्ष महोत्सव गर्न सकिएन । दुई पटकसम्म स्थगित भयो ।

 

यस वर्षको मेलामा भित्र १७० वटा स्टलहरु छन् । अहिलेको इन्फोटेकमा ब्रान्डिङलाई महत्व दिएका छौ । भित्रको हलमा ब्रान्डिङ स्टलहरु रहनेछन् । बाहिर स्टार्टअप र इनोभेसनलाई पनि महत्व दिएका छौ । भित्रतिर सफ्टवेयर, हार्डवयर र पेमेन्ट गेट वे लगायतका ठूलो हलमा ६५ वटा स्टलहरु रहनेछन् ।

 

– यस पटकको क्यान इन्फोटेकमा सहभागिता छ ?

नेपालमा सूचना प्रविधिको कुनै उद्योगहरु छैनन् । हामीले तेस्रो मुलुकमा नै निर्भर रहनुपर्ने हुन्छ । यहाँ भएका हार्डवेयरका सामानहरु पनि विदेशी नै हुन् । सबै बाहिर नै बनेर आउने हुन् । तर, स्वदेशीको सन्दर्भमा भने पछिल्ला दिनहरुमा नेपालमा सफ्टवेयर कम्पनीहरु धेरै स्थापना भएका छन् । स्टार्टप र इनोभेशनहरु पनि धेरै सुरु गरेका छन् । स्टार्टप र इनोभेसनबाट बनाइएका सफ्टवेयरलाई भने सुरक्षित रुपमा हेर्न सकिन्छ । हार्डवयरको सन्दर्भमा भने नेपालमा कुनै उद्योग तथा कम्पनी नभएको हुनाले सबै विदेशी नै रहेका छन् ।

 

– सूचना प्रविधिको पहुँच पहिले र अहिले कस्तो छ ?

सूचना प्रविधिको पहुँच अहिले हरेक क्षेत्रमा बढिरहेको विषय हो । तर, पनि जुन रुपमा यसको वृद्धि हुनुपर्ने हो । त्यति मात्रामा वृद्धि हुन सकेको छैन । कोरोनाले  सूचना प्रविधि के हो ? यसको प्रयोग किन र कसरी गरिन्छ भन्ने कुरा सिकाएको छ । तसर्थ ती व्यक्तिहरुलाई आफुलाई अपडेट गर्नका निम्ती पनि यो इन्फोटेक फलदायी हुनेछ ।

 

साथै हामी समृद्ध नेपालका कुराहरु गरिरहेका छौ । पर्यटनको विकास, आधुनिक शिक्षा, स्वास्थ्य र पूर्वाधारका हरेका क्षेत्रको विकासका निम्ति सूचना प्रविधि नै उत्कुष्ट रुपमा प्रयोग हुने चिज हो । सूचना प्रविधिलाई उपकरणको रुपमा प्रयोग गर्नका निम्ति पहिलो सर्त नै सूचना प्रविधिको विकास हुनुपर्छ भन्ने हो । हामीले सरकारका तीन वटै तहलाई सूचना प्रविधिको पहिलो सर्तमा यसको विकासलाई प्राथमिकतामा राख्नुपर्छ भनेर सुझाव दिएको अवस्था छ ।

 

– यस पटकको क्यान इन्फोटेकमा आएकाले के फरक पाउँछन ?

क्यान इन्फोटकले विशेष गरी दुई वटा कुरालाई केन्द्रित गरेको छ । जसले सूचना प्रविधि प्रयोग गरिरहेको छ । उसले आफू अपडेट हुन पाउँछ । भने अर्को सूचना प्रविधिको बारेमा जानकारी पाएर पनि प्रयोग गर्न पाएको छैन उसले प्रविधिको प्रयोग कसरी गर्ने, कुन कुन क्षेत्रमा के के विकास भएका छन् भन्ने कुराहरु पनि उसले देख्न पाउँछ र आफूले पनि सिक्न पाउँछ ।

 

– क्यान इन्फोटक मेलाको स्वरुप उस्तै रहेको कतिपयले भन्ने गरेका छन् । यसलाई बदल्ने बारे केही सोच्नु भएको छ ?

सुरुवाती दिनहरुमा भन्दा अहिले धेरै कुराहरु बदलिएको छ । अवलोकनकर्ताले आफूले अवलोकन गर्दा निल नसकेको विषयमात्र हो । हिजो आइफोन फोर र आज आएको आइफोन १३ को त्यहि कुरा छ । साइजमा मात्र सानो ठूलो होला यसमा भएको फिचर उस्तै छ । आइफोन फोर  चलाउनेले आइफोन १३ मा के फरक छ भन्ने कुरा छुट्याउन सक्छ । सूचना प्रविधिमा पनि सफ्टवेयर र हार्डवयरका सन्दर्भमा सफ्टवेयरको प्रयोग गरिरहेको भएपनि आफुले आफुलाई अपडेट गर्नका निम्ति के अपडेट छ भन्ने कुरा सफ्टवेयर चलाउनेलाई मात्र थाहा हुन्छ ।

 

अनि हामी नेपालीको बानी पनि अरु कपडा र गाडीहरुको प्रदर्शनी जसरी हेर्ने गर्छन् । यो अलि फरक कुरा हो । यसमा एउटा स्टलमा पसेर बुझ्न थाल्यो भने एक घण्टा समय बित्छ । पहिलेको दिनहरुमा इन्टरनेटको पहँच थिएन त्यत्ति बेला यहाँबाट धेरै खदि बिक्री हुने गथ्र्यो । तर पछिल्ला दिनहरुमा भने यसलाई हामीले ब्रान्डिङका रुपमा  परिवर्तन गरेका छौ । खरिदबिक्रीलाई कम गरेर सूचना दिने हिसाबले अगाडी बढाएका छौ । यसकारण हिजो २६ औ इन्फोटेकभन्दा २७ औ इन्फोटेकमा धेरै कुराहरु फरक पाउँनेछन् ।

 

– नयाँ पुस्ताले खोज्ने भनेको नयाँ नयाँ कुराहरु हुन् । नयाँ तरिकाले एक्स्पो गर्न के–के आवश्यक पर्छ ?

हामीले गरेको एस्क्पोको स्टलको बनावट उस्तै होला तर त्यहाँ भित्र प्रदर्शनी गर्ने कुराहरु, त्यहाँभित्र राख्ने कुराहरु इन्फोमेसनका कुराहरु नयाँ छन् । नेपालमा सूचना प्रविधिको बारेमा जानकरी नै नभएको जेष्ठ नागरिकको पुस्ता, दोस्रो पुस्ता आफूलाई सूचना प्रविधिमा रुपान्तरण गरिरहेको पुस्ता र अर्को अहिलेका विद्यार्थीहरु जो आइटी र सूचना प्रविधिमा खेलेर हुर्केर आएको तीन वटा पुस्ता छन् । पछिल्लो दुई पुस्ताले सूचना प्रविधिलाई ग्रहण गर्ने र यसको महत्व बुझ्न सक्छ । यसका साथै एस्क्पोमा आएर फरक छुट्याउन पनि सक्छ । तर, जेष्ठ नागरिकको सन्दर्भमा भने जनचेतनाको कमी छ । उनीहरुलाई भने सूचना प्रविधिको बारेमा जानकारी दिनुपर्छ । उनीहरुलाई केन्द्रित गरेर पनि हामीले स्टलहरु राखेका छौ ।

 

नयाँ कुरा भनेको सफ्टवेयर र हार्डवेयरको कुरामा बनावट र क्षमतामा फरक होला, साइजमा फरक होला, हिजो एउटै हार्ड डिक्स ब्यागमा बोकेरे हिड्नुपर्ने थियो । भने आज पकेटमा बोकेर पनि जान मिल्छ । सफ्टवेयरको सन्दर्भमा भने अपडेटेड भर्सन र फिचरहरुमा धेरै फरक छ । कतिपय कुराहरु प्रयोग गरेपछि मात्र थाहा हुने हो । देखाउन सकिदैन । हार्डवेयरमा भने फिचर वेशमा नयाँ प्रविधि यस मेलामा देख्न पाइन्छ ।

 

– तपाईहरुले गर्न लाग्नु भएको यो एक्पोमा नयाँ कुरा के देख्न र सिक्न पाइन्छ ?

नयाँ कुरा भनेको सफ्टवेयर र हार्डवेयरको कुरामा बनावट र क्षमतामा फरक होला, साइजमा फरक होला, हिजो एउटै हार्ड डिक्स ब्यागमा बोकेरे हिड्नुपर्ने थियो । भने आज पकेटमा बोकेर पनि जान मिल्छ । सफ्टवेयरको सन्दर्भमा भने अपडेटेड भर्सन र फिचरहरुमा धेरै फरक छ । कतिपय कुराहरु प्रयोग गरेपछि मात्र थाहा हुने हो । देखाउन सकिदैन । हार्डवेयरमा भने फिचर वेशमा नयाँ प्रविधि यस मेलामा देख्न पाइन्छ ।

 

– यो एस्क्पोमा कति दर्शक आउने अनुमान गर्नुभएको छ ?

हाम्रो अनुमान भनेको २६औ इन्फोटेक गर्दा लगभग साढे तीन लाख दर्शकले अनुगमन गरेका थियौं । अहिले त्यो भन्दा बढी नै हुने अनुमान गरेका छौ । हामीले यो इन्फोटेकलाई एक वर्ष ग्याप गरेको कारण र कोरोनाको बीचमा सूचना प्रविधि के हो भन्ने कुरा आम मानिसले पनि बुझिसकेका छन् । अहिले कतिपय कोरोनाको समयमा भन्दा अघि सूचना प्रविधिको प्रयोग नगरेका व्यक्तिहरुले अहिले प्रयोग गर्न थालिसकेका छन् । त्यसकारण उनीहरुले आफूलाई अपडेट गर्नका निम्ति पनि यो एस्क्पोलाई अनुगमन गर्छन् । त्यसैले यो २७औं इन्फोटेकको एक्पोमा ४ लाख दर्शकले अनुगमन गर्छन् भन्ने आशा राखेका छौ ।

 

– मेलामा प्रवेशको व्यवस्था के छ ? की सित्तैमा हो ?

टिकट निशुःक जस्तै छ । हामीले टिकटको पैसा एक रुपैयाँ मात्र राखेका छौ । तर त्यो एक रुपैयाँ हामीले क्यास लिदैनौ । त्यसलाई मोबाइल वालेटको माध्यमबाट तिनुपर्ने हुन्छ । त्यो पनि आइएमइ पेसँग सहकार्य गरेकाले आइएमइ पेको एप डाउनलोड गर्ने र एक रुपैयाँ तिरेपछि टिकट मोबाइलमा नै आउँछ । त्यही टिकट देखाएर प्रवेश गर्ने हो । हेर्दा निशुःक देखिन्छ तर प्रक्रिया अनुसार भने अलिकति लाग्न सक्छ । एक अघि सामान्य टिकट १ सय रुपैयाँ तोकिएको थियो भने विद्यार्थीलाई एक रुपैयाँ तोकिएको थियो । अहिले आम नागरिकलाई एक रुपैयाँ मात्र गरेका छौ ।

 

– यसअघिको टिकटको पैसा सामाजिक कार्यमा लगाउनुभएको थियो ? यस पटक के गर्ने सोचमा हुनुहुन्छ ?

टिकटको सन्दर्भमा हामीले यो एस्क्पो जनचेतनाका लागि गर्न खोजिएको हो । जो कसैले पनि इन्फोटेक अनुगमन गर्दाखेरी सूचना प्रविधिको प्रयोग गरेर टिकट लिएर प्रवेश गरोस् भन्नका निम्ति हो । इन्फोटेकमा आकर्षण बढाउनका निम्ति र आम मानिसलाई सहज गराउन र इन्फोटेकमा प्रवेश गर्दा नै उसले सूचना प्रविधिलाई प्रयोग गरोस् भन्नका निम्ति गरेका हौ ।

 

हामीले हिजोका दिनहरुमा टिकटको पैसा सामाजिक कार्यमा लगाए जस्तै अहिले पवनि त्यहि सुविधालाइ नै सामाजिक कार्यका रुपमा ठानेका छौ । जुन दर्शकहरु एस्क्पोमा आउनु हुन्छ । उहाँहरुले सूचना प्रविधिको प्रयोग गरेर मात्र भित्र प्रवेश गर्नु हुन्छ । चार लाख दशर्क आए भने पनि चार लाख मानिसहरुलाई सूचनता प्रविधि भनेको के हो ? र यसको प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा नमूनाको रुपमा थाहा पाउन सक्छ । त्यसलाई नै हामीले सामाजिक कार्यका रुपमा लिएका छौ ।

 

– नेपालमा अहिले सूचना प्रविधिको विकास र कार्यान्वयन भइरहेको छैन । यसका लागि केही कार्य गर्दैहुनुहुन्छ ?

नेपालको स्थितिलाई हेर्दा तीन वटै तहको सरकारले सूचना र प्रविधिको बारेमा बुझिसकेको अवस्था हो । सरकराले केही गर्न सुरु गरेको छैन भन्न पनि मिल्दैन । ७५३ वटा पालिकामा नै आइटी अफिस भनेर राखेको छ । तर त्यो आइटी अफिसरले कसरी काम गर्ने भन्ने बारे उचित रुपमा आएको छैन । र सरकारले दिने सेवामा पनि पूर्ण रुपमा डिजिटलाइजेशन गर्न नसकेको अवस्था छ ।

 

नेपालमा जतिसूकै नीति बने पनि कार्यान्वयनको पक्ष फितलो छ । त्यसकारण सरकारले यसअघि डिजिटल नेपाल फ्रेमवर्क २०७६ भनेर लिएर आएको छ । त्यसमा आठ वटा मुख्य क्षेत्रहरु छुट्याएको छ । ती आठ वटा क्षेत्रहरुलाई ८० वटा पहल भनेर पनि छुट्याएको छ । साँच्चिनै ती ८० वटा पहललाई कार्यान्वयनमा लाने हो भने नेपाल डिजिटलाइजेशनमा छिट्टै नै अगाडी जान सक्छ । त्यसलाई कार्यान्वयन गर्नका निम्ति डिजिटल नेपाल फ्रेमवकलाई छ्ट्टै एउटा निकाय बनाएर लान सकेमा अगाडी बढ्न सकिन्छ भनेर हामीले सरकारलाई घच्घचाएका पनि छौ । सरकारको अस्थिरताको कारण पनि कतिपय कुराहरु हुन सकेका छैनन् । तर, अब सूचना प्रविधिलाई अँगाल्न सकेनौ भने हामीले विकास गर्न सक्दैनौ भन्ने कुरा सबैले बुझेका छन् ।

 

– नेपालमा सूचना र प्रविधिसँग सम्बन्धित क्षेत्रका जनशक्तिको अवस्था कस्तो छ ?

सूचना र प्रविधिसँग सम्बन्धित जनशक्ति नेपालमा पर्याप्त छ  । सूचना प्रविधिबाट उत्पादित भएका कतिपय जनशक्ति नेपालमा रोजगारी नपाएर विदेशीयको अवस्था पनि छ । कतिपय विदेशी उद्योगमा लगएर काम गरेर तीनै उद्योगबाट सफ्टवेयर कपी गरेर लिएर नेपालमा आएका पनि छन । हामीले सरकारसँग सूचना प्रविधिसँग सम्बन्धि उद्योग नै सञ्चालन गर्न सकिन्छ भन्ने विषय पनि उठाएका छौ । जसका लासग विदेशी कम्पनीहरु आउनका लागि सरकारले कर छुटदेखि लिएर अन्य सुविधा दिएमा  विदेशी कम्पनीहरु पनि आउन सक्छन् । ती कम्पनीहरुमा नेपालको जनशक्तिले पनि रोजगारी पाउन सक्छ भन्ने कुरा पनि राखेका छौ ।

 

यसका साथै नेपालमा धेरै सफ्टवेयरहरु उत्पादन भएकाले सरकारले सरकारी कामकाजमा पनि नेपाली सफ्टवेयरलाई प्रयोग गर्नुपर्छ । र, भने जस्तो सफ्टवेयर छैन भने सरकारले लगानी गरे भएपनि उत्पादन गर्नुपर्छ । त्यसकारण नेपालको पैसा विदेशीनबाट पनि रोकिन्छ र देशमा स्वरोजगार पनि गर्न सकिन्छ । अहिलेको अवस्था हेर्ने हो भने नेपालले सूचना प्रविधिको क्षेत्रमा धेरै नै रोजगारीको सिर्जना गर्नसक्छ । तर, निजी क्षेत्रलाई पनि सूचना प्रविधिमा आवद्ध गराउन सरकारले लगाम लगाउने र सरकारले पनि कार्यालयहरुमा सूचना प्रविधिलाई प्रयोगमा बढी ल्याउने हो भने दक्ष जनशक्ति र रोजगारी सिर्जाना गर्न सकिन्छ  भनेर हामीले भनेका छौ ।

 

क्यान महासंघले जनचेतना नै फैलाउने हो । सरकारले बनाएको नीति नियमको क्षेत्रभित्र रहेर हामी जस्ता संघ संस्थाले आम जनता, उद्योगी, शिक्षा र पर्यटनको क्षेत्रको बीचमा कसरी सुचना प्रविधिलाई प्रयोग गर्न सकिन्छ भन्ने बारे सचेत गराउने हो । क्यान महासंघले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । र, हरेक जिल्लामा केही न केही सूचना प्रविधिका गतिविधिहरु गर्दै आएको छ ।

 

– राज्यले यस क्षेत्रमा कति लगानी गरेको छ ?

राज्यले यतिनै लगानी गरेको छ भनेर हामी भन्न सक्दैनौ । सरकारले मन्त्रालयगत रुपमा लगानी गरेको होला तर अरु विकासको बजेट छुट्याए जस्तो सूचना प्रविधिका लागि भनेर ठूलो रकम लागाएको देखिदैन । तथापि हरेक मन्त्रालय अन्तर्गत सूचना प्रविधिको क्षेत्रमा केही लगानी गरेको देखिन्छ । तर यो पर्याप्त छैन ।

 

क्यान महासंघले जनचेतना नै फैलाउने हो । सरकारले बनाएको नीति नियमको क्षेत्रभित्र रहेर हामी जस्ता संघ संस्थाले आम जनता, उद्योगी, शिक्षा र पर्यटनको क्षेत्रको बीचमा कसरी सुचना प्रविधिलाई प्रयोग गर्न सकिन्छ भन्ने बारे सचेत गराउने हो । क्यान महासंघले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । र, हरेक जिल्लामा केही न केही सूचना प्रविधिका गतिविधिहरु गर्दै आएको छ ।

 

र अन्त्यमा हामीले आम नागरिकलाई पनि व्यक्तिगत काम काजको रुपमा पनि सूचना प्रविधिलाई प्रयोग गरौ भनेर भनेका छौ । निजी क्षेत्र उद्योग कलकारखानाहरुलाई पनि सूचना प्रविधिबाट मार्केटिङ गरौ र सेवा दिँउ भनेका छौ । सरकारलाई पनि आफूले दिने सेवाहरुलाई डिजिटलाइजेशन गरौ र सेवा लिनेहरुलाई पनि डिजिटल शिक्षाका कुरा गरौ भन्ने गरेका छौ । जसरी हिजो प्रौढ शिक्षाका नाममा गाउँ गाँउमा प्रौढ शिक्षाका कार्यक्रमहरु गरिएका थिए ।

 

त्यसरी नै जेष्ठ नागरिकहरुमा सूचना प्रविधिको विकास गर्नका निम्ति स्थानिय तह, प्रदेश सरकार र संघले जसले गरेपनि डिजिटल शिक्षा र सूचना प्रविधि साक्षरता अभियान सञ्चालन गर्नुपर्छ । तब मात्र नेपाल एउटा निश्चित बिन्दुमा पुग्न सक्छ । र केहि समयपछि नेपालमा डिजिटल साक्षरता अभियान पूर्ण रुपमा लागुहुन सक्छ र त्यसको सहजीकरण र सचेतनाका लागि क्यान महासंघ सधै तयार छ ।

सम्झना बरुवाल aarthiknews.com

 

NRB Bank Ad
Salt Trading
Nishana Seving AD

KMC Advertisment
Kumari Bank AD
Alice Education home sports
भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

भरतपुर महानगरपालिकामा रेनु दाहाल ८ हजार ४९४ मतान्तरले अगाडि

वि.सं.२०७९ जेठ ८ आइतवार १८:३५

  चितवन: भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको...

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित

वि.सं.२०७९ जेठ ८ आइतवार १७:४०

  सुनसरी: धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित...

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

काठमाडौं महानगरमा कट्यो बालेन शाहको ४० हजार मत

वि.सं.२०७९ जेठ ८ आइतवार १५:५५

  काठमाडौं: काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ लाख १४ हजार २०५...

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

विदेशी भूमि कतारमा किरातहरुले मनाए उभौली पर्व

वि.सं.२०७९ जेठ ८ आइतवार १५:१४

  दोहा: विदेशी भूमि कतारमा किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड...

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

निर्वाचन आयोगका अनुसार ७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

वि.सं.२०७९ जेठ ८ आइतवार १२:२६

  काठमाडौं: स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०५ पालिकाको मतगणना...

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङको जित पक्का

वि.सं.२०७९ जेठ ८ आइतवार ११:५१

  सुनसरीः धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङको जित...