YouTube Link

मोरङमा गठबन्धनको तालमेल सम्भावना टर्दै

World Cup 2026
Facebook Link

 

मोरङ: स्थानीय तह निर्वाचन आउन अब जम्मा २६ दिन बाँकी छ । निर्वाचन मिति जति नजिकिदै गायो त्यति नै गठबन्धनमा रहेका दलहरुले तालमेललाई ठोस निष्कर्षमा पुर्याउन लागि परेका छन् ।

 

केन्द्रीय तालमेलका कारण झस्किएका जिल्लाका नेतृत्व तहका कार्यकर्ताले भने तालमेललाई बेवास्ता गरिरहेका छन् । त्यसैकारण पनि स्थानीय तहमा तालमेलको सम्भावना न्यून बन्दै गईरहेको छ ।

 

यसै मेसोमा तालमेल गरेर जाने विषयमा मोरङका चार पार्टीबीच सहमति हुने सम्भावना कमजोर बन्दै गएको छ । विराटनगरस्थित कांग्रेस पार्टी कार्यालयमा शुक्रबार र शनिबार बसेको संयुक्त बैठकले ठोस निर्णय गर्न नसकेपछि गठबन्धनको सम्भावना कमजोर बनेको हो ।

 

कुन पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठिक हुन्छ भन्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलको बैठक बस्दै गर्दा बाहिर भने काँग्रेसका कार्यकर्ताले गठबन्धन विरुद्ध नाराबाजी गरेका थिए ।

 

नाराबाजीको क्रममा शनिबार पनि जारी रहेको थियो । ‘हामीले बैठकमा भित्र राखेर बाहिर हाम्रा विरुद्ध किन नाराबाजी गर्न लगाएको भनेर प्रश्न गरेका छौं,’ माओवादी प्रदेश(१ का सचिव गणेश उप्रेती सुशीलले बताए, ‘बाहिर नाराबाजी गर्नेभित्र हामीलाई राख्ने काँग्रेसको दोहोरो चरित्र अन्त्य नभएसम्म छलफल गर्नुको औचित्य देखिँदैन ।’

 

बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दाबी गरेको संख्या जोड्दा २७ पुग्छ । ‘आ-आफ्नो धरातल भन्दा धेरै पालिकामा दाबी आएको देखियो,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले भने, ‘सबैको जोड्दा मोरङमा १७ पालिका छ, माग संख्या चाहिँ २७ पुग्यो, अनि कसरी सहमति हुन्छ ?’

 

कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन् । कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो ।

 

हामी एक्लै लड्छौं : मण्डल

माओवादी केन्द्रीय सदस्य शिवकुमार मण्डलले काँग्रेसले दोहोरो चरित्र देखाएको भन्दै विरोध गरेका छन् । उनले भने, ‘गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि निणर्य गर्न नसक्ने, राष्ट्रिय राजनीतिक आवश्यकताको कुरा पनि नबुझ्ने, आफूलाई पनि गठबन्धन हो भन्ने विषयमा अनुभूति पनि नगर्ने हो भने हामी अर्को किसिमको गठबन्धन गर्छौ वा एक्लै लड्छौं ।’

 

मण्डलले गठबन्धन प्राथमिकताको विषय भए पनि दोस्रो विकल्प काँग्रेसबाहेकका गठबन्धन दलबीच सहमति गर्ने वा एक्लै लड्ने विकल्प खुल्ला रहेको बताए । उनले आफ्नो धारणा भनेको परिणाम जे आए पनि एक्ला एक्लै लडौं भन्ने रहेको बताए । ‘मेरो धारणा भन्नुहुन्छ भने हामी एक्ला एक्ला एक्लै भिडौं भन्ने हो, माओवादीले एक्लै लड्दा पनि मोरङमा सम्मानजनक अवस्थामा आउन सक्छ,’ मण्डलले भने, ‘गठबन्धनभित्रको निणर्यभन्दा बाहिर नजाने । गठबन्धन दलभन्दा बाहिर अर्को गठबन्धन नगर्ने र एक्ला एक्लै लड्ने मेरो इच्छा हो ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...