YouTube Link

कम उमेरको युवतीसँग यौन सम्बन्ध राख्ने मन्त्रीको जागिर चट्

Facebook Link

 

एजेन्सीः नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग वर्षौंदेखिको आफ्नो सम्बन्ध रहेको खुलासा भएपछि पदबाट राजीनामा दिएका छन् ।

 

एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले शनिबार भने, ‘रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निणर्य थियो ।’

 

एनोक्सेनले शनिबार एनटीबीसँग भनेका छन्, ‘मैले धेरै गलत छनोट र निणर्य गरेको छु र मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैँ माफी माग्नेछु ।’

 

भिजी दैनिकका अनुसार एनोक्सेनले सन् २००५ मा आफ्नो साथी उच्च माध्यामिक विद्यालयका विद्यार्थी हुँदा प्रेममा परेको खुलेको छ । त्यति बेला ती युवती १८ वर्षकी थिइन् भने एनोक्सेनको उमेर ५० वर्ष पुगिसकेको थियो ।

 

उनको कक्षाका साथीहरूसँग राजधानी ओस्लोस्थित नर्वेको संसदमा एक दिने शैक्षिक भ्रमणमा गएका समय उनीहरूबीच पहिलो भेट भएको थियो ।

 

यात्रापछि ती किशोरीलाई एनोक्सेनले एकदमै घनिष्ठ सम्बन्ध बनाउन र यौन सम्बन्ध राख्न प्रस्ताव गरेको अनुसन्धानले पुष्टि गरेको भिजीले लेखेको छ ।

 

अहिले ३० वर्ष नाघेकी उक्त महिलाले राजनीतिमा उनको रुचिको कारण एनोक्सेनबाट परेको प्रभाव रहेको र उनले ‘आफूले चाहेको कुरा प्राप्त गर्न आफ्नो शक्ति, स्रोत र स्थान प्रयोग गरेको’ भन्दै पत्रिकामा उनीहरूको सम्बन्धको विस्तृत विवरण बताएकी छन् ।

 

ती महिलाका अनुसार, एनोक्सेन ऊर्जामन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेटेका थिए र ‘यौन क्रियाकलाप’ गरेका थिए ।

 

एनोक्सेनले भिजीसँग भनेका छन्, ‘उनी अफिसमा भेट्न गएको र छाडा स्वभावको केही कुरा नभएको भए पनि भेटले आपसी प्रेम बढाएको थियो ।’

 

सन् २००७ मा सरकारबाट बाहिरिएपछि मात्र उनीहरू घनिष्ठ भएको दाबी गर्दै शक्तिमा रहेका समय उनलाई प्रभाव पारेको भन्ने भनाइ गलत रहेको एनोक्सेनले दाबी गरेका छन् ।

 

प्रधानमन्त्री स्टोरले गत वर्षको आम निर्वाचनपछि रक्षामन्त्री नियुक्त हुनुअघि नै एनोक्सेनले यस विषयमा जानकारी नदिएकाले सो जानकारीले ‘फरक निष्कर्ष’ ल्याउने बताए । स्टोरले आफूले सकेसम्म चाँडै नयाँ रक्षामन्त्री नियुक्त गर्ने बताए । रासस/एएफपी

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...