YouTube Link

गायक राजु लामाले सगरमाथा आरोहण क्रममा ६,५०० मिटरको उचाइमा कन्सर्ट गर्ने

Facebook Link

 

काठमाडौं: गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् ।

 

पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

 

गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५ सय मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रम समेत गर्ने भएका छन् ।

 

विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने लामाको तयारी छ ।

 

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चाहिं चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम छ ।

 

जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले दीयाले हिमाल आरोहण गर्न लागेकी हुन् ।

 

गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित गीत गाउने छन् । उनी तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरोतर्फ लाग्नेछन् ।

 

लामाले कन्सर्टका लागि गितार लिएर हिमाल चढ्ने बताए ।

 

कार्यक्रममा उपस्थित फिल्म निर्देशक मिलन चाम्स, पाइलट तथा अभिनेता विजय लामा, पर्वतारोही क्षेत्रका प्रतिनिधिले पनि लामा र पुनलाई शुभकामना दिएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...