YouTube Link

देशभर तोकिए १० हजार ७५६ मतदान स्थल, २१ हजार ९५५ मतदान केन्द्र (सूची सहित)

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो ।

आयोगले सार्वजनिक गरेको सूची अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १६३ वटा र ४ हजार १८९ वटा मतदान केन्द्र तोकिएका छन् ।

मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १७० रहेको आयोगले जनाएको छ ।

प्रदेश १ मा एक हजार ८७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । ३३ लाख ४७ हजार ३८४ जना मतदाता रहेका छन् ।

बागमती प्रदेशमा एक हजार ७९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र तोकिएको छ भने यस प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८६९ जना मतदाता छन् ।

आयोगका अनुसार गण्डकी प्रदेशमा एक हजार २५३ मतदान स्थल छन् भने उक्त प्रदेशमा १७ लाख ८९ हजार ४११ मतदाता रहेका छन् ।

यसैगरी ३२ लाख १९ हजार ४५७ मतदाता रहेको लुम्बिनीमा एक हजार ६२९ मतदान स्थल तोकिएको छ । १० लाख एक हजार २८२ मतदाता रहेको कर्णालीमा ९०७ मतदान स्थल निर्धारण गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ मतदान स्थल तय गरिएको छ । १६ लाख ३२ हजार १५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

हेर्नुहोस् तोकिएको मतदान स्थल, मतदान केन्द्र र मतदाताको विवरणः-

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...