नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी
वि.सं.२०७८ चैत १४ सोमवार १४:०९
2.2K
shares
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
स्थानीय चुनाव अभियान अन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिहरूले शुक्रबार र आइतबारको बैठकमा आ-आफ्नो प्रतिवेदन बुझाइसकेका छन् ।
बाँकी केन्द्रीय सदस्यको धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन् ।
कांग्रेसमा १४ जना पदाधिकारी छन् । धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन् ।
गत शुक्रबारदेखि सुरु भएको बैठक पदाधिकारीले धारणा राख्ने क्रम सकिएपछि आजै सकिनेछ । बैठक सकिए पनि निर्णय भने भोलि (मंगलबार) मात्रै सार्वजनिक हुनेछ ।
बैठकले आगामी चुनावका लागि संसदीय समिति गठन गर्नुका साथै केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने जनाईएको छ ।
वि.सं.२०७८ चैत १४ सोमवार १४:०९



















