YouTube Link

निर्वाचन आयोगद्वारा मतदाता नामावली प्रकाशनको अन्तिम तयारी

Facebook Link

 

काठमाडौं: यही चैत १३ गतेका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

 

आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए ।

 

दावी विरोध पूर्वको अवस्थामा मतदाता नामावलीमा करिब १ करोड ७७ लाख मतदाता रहेका छन् । आयोगले कूल मतदाता संख्याको १० देखि १५ प्रतिशत बढी मात्रामा मतपत्र प्रकाशन गर्ने तयारी गरेको छ ।

 

आयोगका अनुसार आगामी स्थानीय तह निर्वाचनका लागि २ करोडको संख्यामा मतपत्र छापिनेछ । मतपत्र छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल भइरहेको आयोगको भनाई छ ।

 

यसैबीच आयोगका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरु देशका विभिन्न भागमा पुगेर निर्वाचन आचार संहिता सचेतना सम्बन्धी कार्यक्रममा सहभागी भइरहेका छन् ।

 

उनीहरुले सातै प्रदेशमा पुगेर राजनीतिक दल तथा सरकारी कर्मचारीहरुका बिचमा सो कार्यक्रम गरिरहेका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...