एकोहोरो टोलाई रहने पल के गर्दै होलान् यतिखेर जेलमा ?
वि.सं.२०७८ चैत ११ शुक्रवार १७:०९
4.3K
shares
काठमाडौं: एक नाबालिग गायिकालाई बलात्कारको मुद्दामा पुर्पक्षका लागि जेल गएपनि नायक पल शाहको बारेमा थप चर्चा परिचर्चा शुरु भएको छ ।
२०७८ वैशाख १४ गते तनहुँमा १६ वर्षीय गायिकाले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुमा जाहेरी दिएका थिए ।
त्यसपछि फागुन १५ गते आफैं प्रहरी कार्यालय तनहुमा पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
यसपछि हिजो मात्र उनलाई पुर्पक्षका लागि जेल पठाउने गरी जिल्ला अदालतले फैसला गरेको थियो । उनी आफू प्रहरीकोमा आत्मसमर्पण गरेपछिको दैनिकी निकै कष्टकर रुपमा बिताईरहेका थिए ।
उनी हिरासतमा रहँदा सधै टोलाएर बस्ने गरेका थिए । उनलाई त्यहाँ बस्दा निकै असहज भएको उनको अनुहारबाट झल्केको देख्नेहरुले सहजै अनुमान लगाउन सकिन्थ्यो ।
यसरी हिरासतमै रहँदा टोलाईरहने पल यतिखेर पुर्पक्षका लागि कारागार चलान भएपछि विभिन्न खालको अड्कल गर्न थालिएको छ ।
बिहे गर्ने आश्वासन दिदै आफूमाथि लगातार बलात्कार गरेको जिकीर गर्दै ती नाबालिग गायिकाले पलमाथि बलात्कारको मुद्दा दायर गरेका थिए ।
गत बुधबारदेखि शुरु भएको थुनछेक बहस हिजो सकिएको थियो । त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
पललाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ । उनका म्यानेजरलाई त्यसको आधा सजाय माग गरिएको छ ।
पलविरुद्ध जिल्ला अदालत नवलपुर-९ (पूर्वी नवलपरासी) मा पनि बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको छ ।
तनहुँमा आदेश आएपछि अब पललाई थुनछेक बहसका लागि नवलपुर लगिने छ । दुवैतिर एकसाथ अनुसन्धान हुँदा नवलपुरमा पहिल्यै मुद्दा दर्ता भएपनि थुनछेक बहस हुन सकेको छैन ।
तनहुँमा थुनछेक आदेश भएसँगै नवलपुर पठाइदिन त्यहाँको अदालतले पत्र पठाइसकेको छ । थुनछेक बहसमा जाहेरवालाको पक्षबाट दुई सरकारी वकिलसहित ९ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता रामचन्द्र पौडेल, सह-न्यायाधिवक्ता विपिनराज तिवारी, वैतनिक वकिल शिवराज काफ्ले र ६ जना निजी कानुन व्यवसायीले बहस गरे ।
निजी कानुन व्यवसायीहरु मोहना अन्सारी, राधिका खतिवडा, किशोर सापकोटा, टेकनारायण गौतम, सरिता तिवारी, विरोध प्रसाद लामिछाने, शिवराज काफ्लेसहितले पीडितको पक्षबाट बहस गरेका थिए ।
अब जेलमा बस्दा पलले के कस्तो खालको व्यवहार देखाउँछन् त्यो बिस्तारै आउने नै छ ।
वि.सं.२०७८ चैत ११ शुक्रवार १७:०९




















