YouTube Link

नेपाल प्रहरीबाट राजीनामा दिएर राजनीतिमा होम्मिए गोविन्द कुमार साह

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

जनकपुर: इन्सपेक्टरबाट नेपाल प्रहरीको सेवा सुरु गरेका जनकपुरका गोविन्द कुमार साह २०७७ पुसमा एसएसपीमा बढुवा भए ।

 

उनीसँगै इन्सपेक्टरबाटै सेवा सुरु गरेका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । तर उनले भने त्यो बाटोलाई पुर्णविराम लगाएर समाज सेवासँगै राजनीतिको बाटो समातेका छन् ।

 

१३ महिना कार्यकाल बाँकी छँदै साहले फागुनमा  सेवाबाट राजीनामा दिएपछि उनी यतिबेला आफ्नै गृह जिल्लामा ब्यस्त छन् ।

 

दुई दशक लामो प्रहरी सेवामा अनुभवी उनी अब समुदायमा खर्चिन चाहन्छन् । त्यसैले उनी यतिबेला गाँउकै बुढापाका, बालबालिका, महिला दिदीबहिनीको बृदी विकास कसरी गर्न सकिन्छ भन्ने ध्याउन्नमा देखिन्छन् ।

 

धनुषाको विदेह नगरपालिका–८ बफैमा साहकै पहलमा बुधवार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरे जस्मा ७ सय ५० जनाले  सम्पन्न निःशूल्क स्वास्थ्य परामर्श, औषधी तथा उपचार सेवा पाए ।

 

 

आफु नेपाल प्रहरीको एसएसपीसम्म पुगेको र अन्य व्यक्ति समेत राज्य सञ्चालनको प्रमुख तहमा पुगेपनि आफ्नो समाजको अवस्था जहाँको त्यही रहेको समयमा गरेको सानो सहयोगले पनि आफ्नो आगामी यात्रामा थप हौसला मिलेको साहले बताए ।

 

नेपाली कांग्रेस निकट मानिएका साह अब भने राजनीतिलाई समेत समाज सेवामा रुपान्तरण गर्ने योजनामा छन् । राजनीतिलाई पेशा बनाइरहेको आरोप लागि रहेको समयमा साहले भने आफैबाट परिवर्तनको संकल्प गरेर अघि बढेको दाबी गरे ।

 

त्यसैले साहले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विदेह नगरपालिकाको मेयरको उम्मेदवार बन्ने योजना बनाएका छन् ।

 

दुई दशक लामो प्रशासनिक अनुभवसँगै नयाँ गन्तव्य खोजिरहेको बताउने साहसँग आफ्नो स्थानीय तहको विकास गर्ने प्रष्ट आधार रहेको दाबी गरे ।

 

शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउने साह कृषि पर्यटन लगायतका विकासका अनेकौ बाटाहरु हुँदा पनि त्यसको समुचित प्रयोगमा चुक्दा मुलुक विकास हुन नसकेको भन्दैं चिन्ता व्यक्त गरे ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...