एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने
वि.सं.२०७८ चैत ७ सोमवार १४:३१
2.2K
shares
काठमाडौं: नेकपा एमालेले आगामी निर्वाचनमा अन्य कुनैपनि पार्टीसँग तालमेल नगर्ने बताएको छ ।
आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने बताएका हुन ।
उनले राष्ट्रिय तहमा कुनै पनि पार्टीसँग तालमेल नहुने बताउँदै सनीय तहमा भने आवश्यकताका आधारमा सहकार्य हुन सक्ने बताएका हुन ।
वि.सं.२०७८ चैत ७ सोमवार १४:३१



















