YouTube Link

एमसीसी टेण्डर हुन्छ लिन तयार रहनुहोस्: प्रधानमन्त्री देउवा

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका परियोजनाहरु निर्माणका लागि एमसीए-नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

 

नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

 

‘एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउँछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ,’उनले भने यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागी हुन पाउँछन्, तयार रहनुस् ।’

 

प्रधानमन्त्री देउवाले एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने बताए । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्,’ उनले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’

 

अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने देउवाले बताए ।

 

‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्,’ नेपालकौ वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’

 

एसमीसीको ५० करोड डलर सहयोग अन्तरगत ३१५ किलोमिटर प्रसारणलाइन र ७७ किलोमिटर सडक विस्तारको काम हुँदैछ ।

 

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताए । विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै उनले त्यही दिन फेरि आउन नदिन एमसी परियोजनालाई स्वीकार गरिएको बताए ।

 

‘सबै निर्माणमा व्यवसायीलाई मेरो अनुरोध छ, एमसीसी परियोजना देश विकासकै लागि हो भनेर तपाईंहरुले पनि जनतालाई बुझाउन सहयोग गर्नुस्,’ खाँणले भने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...