YouTube Link

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अर्थतन्त्रको अवस्था झनै निराशाजनक

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले वर्तमान सरकार गठनपछिको पछिल्लो सात महिनाको तथ्यांकमा आधारित विवरण सार्वजनिक गर्दै अर्थतन्त्र निराशाजनक रहेको देखाएको छ ।

 

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ठिक यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्या ८५ प्रतिशतले घट्दा रेमिट्यान्स भने बढेको थियो ।

 

तर यस वर्ष अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ ।

 

सुरुको सात महिनामा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ ।

 

गत वर्ष यहि अवधिमा अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो ।

 

शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुको सात महिनामा गत वर्षको तुलनामा निर्यात ८८.३ प्रतिशतले बढेको जनाएको छ ।

 

गत वर्ष, यस अवधिमा अघिल्लो वर्षको तुलनामा निर्यात वृद्धिदर ७.६ प्रतिशत मात्र रहेको थियो ।

 

शुक्रबार तथ्यांक सार्वजनिक गर्दै राष्ट्र बैंकले आयात पनि ४२.८ प्रतिशले बढेको उल्लेख गरेको छ ।

 

पछिल्लो सात महिनामा एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।

 

भारततर्फ एक सय १३ प्रतिशत र अन्य मुलुकतर्फ २७.७ प्रतिशतले निर्यात बढेको हो । चीनतर्फ भने १२.४ प्रतिशतले घटेको छ ।

 

राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो, जुसलगायत वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडिबुटी, तार, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।

 

रेमिट्यान्स भने ४.९ प्रतिशतले घटेको छ। बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन ३.६ प्रतिशतले बढेको र निजी क्षेत्रमा कर्जा प्रवाह १२.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...