प्रतिनिधिसभा बैठकमा एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मका लागि स्थगित
वि.सं.२०७८ फागुन ८ आइतवार १७:०२
1.8K
shares
काठमाडौं: प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस भएसँगै आउँदो बिहीबार बैठक बस्नेगरी स्थगित गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
वि.सं.२०७८ फागुन ८ आइतवार १७:०२



















