YouTube Link

एमसीसी संसदमा टेबल गर्ने नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

Facebook Link

 

काठमाडौं: एमसीसी सम्झौता संसद टेबल गर्ने नगर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।

 

बैठक १० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

 

यसअघि संसद बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो ।

 

आजको बैठकमा एमसीसी टेबल गर्ने र संसदबाटै निकास निस्कियोस् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको धारणा छ तर माओवादी केन्द्र, एकीकृत समाजवादी जबर्जस्ति अघि बढ्न खोजे गठबन्धनमा बस्न नसक्ने बताइरहेका छन् ।

 

जसपाले भने ठोस् निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

 

गठबन्धनमा रहेको तर सरकारमा नगएको राष्ट्रिय जनमोर्चा पहिलेदेखि नै आन्दोलनमा छ ।

 

गठबन्धनमै कुरा नमिल्दा पटक-पटक बसेका गठबन्धन र संसद बैठक निष्कर्षविहीन हुँदै आएको छ ।

 

गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।

 

एमसीसीले दिएको समयसीमा फागुन १६ गते सकिँदैछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...