‘ए’ डिभिजन लिगमा आज जावलाखेल र हिमालयन तथा मनाङ र एनआरटी भिड्दै
वि.सं.२०७८ फागुन ८ आइतवार ०८:४०
काठमाडौं: जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेलहरु हुँदैछ ।
आज हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ फागुन ८ आइतवार ०८:४०