एअर कन्डिसनर ब्राण्ड ‘ग्री’ को पहिलो शोरुम न्युप्लाजामा खुल्यो
वि.सं.२०७८ फागुन ३ मंगलवार १५:०६
2.6K
shares
काठमाडौं: पुतलीसडकस्थित न्युप्लाजामा पहिलो पटक विश्वकै अग्रणी एअर कन्डिसनर ब्राण्ड ‘ग्री’को शोरुम खुलेको छ ।
‘ग्री’को एसी खरीद गर्न चाहानेले अब उक्त शोरुमबाट सेवा लिन सकिनेछ । व्यावसायिक र आवासीय एसी उत्पादन गर्ने ‘ग्री’ विश्वकै एक नम्बरमा पर्दछ ।
न्युप्लाजास्थित शोरुमबाट ग्राहकहरुले ‘ग्री’ का एसी सहजै खरीद गर्न र जानकारी लिन सक्ने कि कन्सेप्टका महाप्रबन्धक चन्द्र बस्नेतले जानकारी दिए ।
शोरुमबाट ‘ग्री’ को एसीबारे सबै जानकारी लिन सकिने बस्नेतले बताए । ‘ग्री’ एसीको नेपालमा २५ हजार थान बिक्री हुने गरेको उनले जानकारी दिए ।
यसअघि ‘ग्री’ एसीको नेपालस्थित एकल आधिकारिक बिक्रेता कि कन्सेप्टले डिलर नेटवर्कमार्फत एसी बिक्री गर्दै आएको थियो ।

वि.सं.२०७८ फागुन ३ मंगलवार १५:०६




















