YouTube Link

कांग्रेसले ‘डबल स्ट्यान्डर्ड’ राख्दैन’ एमसीसी पास गर्छ: प्रधानमन्त्री देउवा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक नाफाघाटा केही नहेरी अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गरिने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठक सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले एमसीसी पारित गर्न पार्टीले राजनीतिक नाफाघाटाको लेखाजोखा नगर्ने बताएका हुन् ।

‘प्रतिपक्ष र सत्तामा हुँदा नेपाली कांग्रेसले ‘डबल स्ट्यान्डर्ड’ राख्दैन’, बैठकपछि महामन्त्री गगन थापाले देउवाको भनाइ उद्धृत गर्दै भने, ‘यसको तत्कालीन नाफाघाटाबारे सोच्दै च्युत भयो भने कांग्रेसको छुट्टै परिचय रहँदैन । त्यसैले यसको नाफाघाटा जेसुकै होला कांग्रेसले आफ्नो कर्तव्य पूरा गर्छ भन्नुभयो ।’

उनका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि वर्तमान सरकारले प्रस्ताव लैजाने नभएर पूर्ववर्ती सरकारले दर्ता गरेको प्रस्तावलाई संसदमा टेबलका लागि पहल गर्ने पनि प्रष्ट्याए ।

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गरेका थियो ।

त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री ओलीले एमसीसी पारितका लागि संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले कांग्रेस संसदीय दलको नेताको हैसियतमा पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको एमसीसीसम्बन्धी प्रस्ताव टेबलका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको पनि जानकारी गराएको महामन्त्री थापाले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...