कमल थापाले छोडे राप्रपा र राजा, के राख्लान अब पार्टीको नाम ?
वि.सं.२०७८ माघ २८ शुक्रवार १३:१६
1.7K
shares
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।
उनले पार्टी दर्ताका लागि प्रकृया समेत अगाडी बढाउँदैछन् ।
फागुनको पहिलो हप्ता नै थापाले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।
बिहिबार काठमाडौ भएको छलफलबाट थापालाई नयाँ दल दर्ताका लागि जिम्मेवारी उनी निकटका नेताहरुले दिएका हुन ।
मंसिरमा सम्पन्न महाधिवेशनमा आफूलाई हराउने निर्मल निवासमाथि छानविन नगरेकोमा असन्तुष्टि जनाउँदै थापाले मंगलबार राप्रपा परित्यागको घोषणा गरेका थिए ।
यसरी राजतन्त्र परित्यागको घोषणासँगै उनले अब आफूले खोल्न लागेको पार्टीको नाम के राख्ने हुन भन्ने चौतर्फी चासोको विषय बनेको छ ।
राजतन्त्र छाडेर अब हिन्दुत्व, सुशासन र समृद्धिको मुख्य एजेण्डा राखेर दल दर्ता गर्ने एक नेताले बताए ।
दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको छ ।
बिहीबारको बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । ‘विभिन्न नामहरु प्रस्ताव भएको छ । धेरैको राष्ट्रिय एकता पार्टी नेपाल नाममा जोड भएको बताईएको छ । तर पार्टीको नाम र चुनाव चिन्ह के हुने भन्ने विषय थाहा पाउनको लागि केही दिन कुर्नुपर्ने अवस्था छ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १३:१६



















