दशौँ चरणका खेल आजबाट सुरु, रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब
वि.सं.२०७८ माघ २८ शुक्रवार १०:३९
2.3K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चरणका आज दुई खेलहरु हुँदैछ ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स र ब्रिगेड दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
फ्रेन्ड्स ३ अंक जोडेर लिगको पुछारमा रहेको छ । फ्रेन्ड्सले ९ चरण सकिदा जित निकाल्न सकेको छैन ।
रेलिगेसनबाट जोगिन फ्रेन्ड्सलाई ब्रिगेडविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।
ब्रिगेड ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । रेलिगेसनबाट बन्च ब्रिगेडलाई पनि जित आवश्यक छ ।
यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यी दुईबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
आर्मी जावलाखेललाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
आर्मी १७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
जावलाखेल पनि आर्मीविरुद्ध उत्कृष्ट नतिजाको खोजीमा हुनेछ ।
जावलाखेल ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
आर्मीलाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १०:३९



















