अब तिमी सम्झनामा रहयो
वि.सं.२०७८ माघ २५ मंगलवार १३:२९
3.3K
shares
अब तिमी सम्झनामा रहयो
केवल एक थान फोटो भएर
तिमी गयौ सबैलाई जितेर
आँखाको आँसु भै बिलाएर
सत्य समचारको खोजी गर्दा गर्दै
आफैलाई बिर्सिए छौ क्यारे
रातदिन अखबारको पानहरु भर्दा भर्दै
आफ्नै क्षमता गुमाए छौ क्या रे
झझल्कोमा कहिँकतै गुञ्जिने भयो
त्यो तिम्रो मिठास मिजासिलो स्वर
अविस्मरणीय यादहरु सम्झनमा रहने भयो
तितामिठा सबै सहकार्यको पल
कति भए होलान् हामीमा कुरा
सहकार्य र सहमतिका भेट हुँदा
अर्को जन्ममा पुनः भेट होला नहोला
निष्ठा र जेहेनदार पत्रकार कमलराज राई
सदाको लागि अलविदा
वि.सं.२०७८ माघ २५ मंगलवार १३:२९




















