YouTube Link

पुष्पलाल ब्याडमिन्टनको ११औं संस्करण फागुण पहिलो साता

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको ११औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासंघ अन्तरगत हुने प्रतियोगित आगामी फागुण ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

 

नखिपोट, ललितपुरमा आयोजना हुने यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको रुपमा आफुलाई उभ्याएको छ ।

 

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा संघसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

 

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय बरियतामा १६औं स्थानमा रहेका), पुरुष एकल (१६औं बरियतादेखि बाहेकका), पुरुष युगल (खुला), महिला एकल (राष्ट्रिय बरियतामा १२औं स्थानमा रहेका), महिला एकल (१२औं बरियता देखि बाहेकका), महिला युगल (खुला), यु १७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ बर्ष माथि र मास्टर्स ५५ बर्ष माथि (खुला) गरि १० बिधामा प्रतिस्पर्धा हुने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् ।

 

कुल २१ लख ६० हजार लागत रहको प्रतियोगितामा पुरस्कार तर्फ ५ लाख ९८ हजार खर्च रहेको छ । लिग चरणको पुरुष एकल ( राष्ट्रिय बरियतामा १६औं स्थानमा रहेका ) र महिला एकल (१२औं स्थानमा रहेका) तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाए बापत नगद १५ सय प्राप्त गर्ने छन् ।

 

यस्तै लिग चरणमा बिजयी हुने प्रत्येक खेलाडीले थप १५ सय प्राप्त गर्ने छन् । यस्तै क्वाटरफाईनलमा विजयी हुने खेलाडीहरुले थप ८ हजार, सेमिफाईनलमा विजयी खेलाडीले थप १६ हजार प्राप्त गर्ने छन् ।

 

यसैगरि फाईनलमा बिजयी खेलाडीले थप २० हजार र उपबिजेता खेलाडीले थप ५ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

 

यस्तै अन्य विधामा पुरुष एकल (उच्च १६ देखि बाहेक) र महिला एकल (उच्च १२ देखि बाहेक), पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ बर्ष माथी र मास्टर्स युगल ५५ बर्ष माथिका बिजयीले क्रमश प्रथमले २० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् ।

 

यु-१७ पुरुष तथा महिला एकल तर्फ बिजयीले क्रमश प्रथमले १५ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार प्राप्त गर्नेछन् ।

 

यसका साथै बिजयीहरुले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने महासचिव शाक्यले जनाए । खेलाडीहरुको बिहानको खानाको ब्यवस्था आयोजकले गर्ने समेत महासचिव शाक्यले जानकारी गराए ।

 

नेपालमा ब्याडमिन्टनको विकास र विस्तार गर्ने क्रममा खेलाडीहरुको बरियता निर्धारण गर्ने र सिमित मात्रामा भए पनि आर्थिक सहयोग होस भन्ने उद्धेश्यले प्रतियोगितामा सहभागिता जनाए बापत खेलाडीहरुले नगद प्राप्त गर्ने प्रावधानलाई प्रचलनमा ल्याउने राष्ट्रिय ब्याडमिन्टन संघ पहिलो संस्था हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...