YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजील्याण्ड विजयी

World Cup 2026
Facebook Link

एजेन्सी: अष्ट्रेलियाले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विजयी सुरुवात गरेको हो ।

इंग्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नर र कप्तान आरोन फिन्चले अर्धशतकीय इनिङ्स खेले । वार्नरले अविजित ८९ रन बनाए । फिन्चले ६६ रनको योगदान दिए । यस्तै उस्मान ख्वाजाले १५ रन जोड्दा स्टिभ स्मिथ १८ रनमा आउट भए । अफगानिस्तानका गुल्बादीन नाईब, मुजिब उर रहमान र राशिद खानले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २०७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रहमत साहले ४३ तथा कप्तान गुल्बदीन नाइबले ३१ रनको योगदान दिए । यस्तै राशिद खानले २७ रन बनाए । अष्ट्रेलियाक लागि एडम जाम्पा र पाट कुमिन्सले समान ३/३ विकेट लिए । यस्तै मार्कुस स्टोनिसले २ विकेट लिए । जितसंगै अष्ट्रेलियाले पहिलो खेलमा २ अंक जोडेको छ । अफगानिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसैबीच शनिबार भएको पहिलो खेलमा न्युजील्याण्डले शानदार जित निकालेको छ । वेल्स कार्डीफस्थित सोफीया गार्डेन क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजील्यान्डले विजयी सुरुवात गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको न्युजील्यान्डले १६ दशमलब १ ओभरमा विना कुनै विकेटको क्षतिमा पुरा गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रेको श्रीलंकाले २९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन जोडेको थियो । श्रीलंकालाई सस्तोमा समेट्न न्यूजिल्यान्डका लोकी फर्जसन र म्याट हेनेरीले समान ३-३ विकेट लिएका थिए । श्रीलंका लागि कप्तान दिल्मुथ करुनारत्नेले ५२ रनको अर्धशतकीय पारी खेल्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...