Texas College
YouTube Link

एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच रेमिट्यान्स पठाउन सम्झौता

Facebook Link

 

काठमाडौं: विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपालका जुनसुकै बैंक खाता तथा जुनसुकै स्थानमा सहजै रकम पठाउन सकिने गरी एनआईसी एशिया बैंक र वर्ल्डरेमिटबीच सम्झौता भएको छ ।

 

यसबाट मलेसियामा बस्दै आएका नेपाली महानुभावहरूले बिना झन्झट वर्ल्डरेमिटको एप तथा वेबसाइटको प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइन मार्फत तुरुन्त रकम पठाउन सकिनेछ ।

 

यसका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको छ ।

 

यस सम्झौताले मलेसियामा लाखौंको संख्यामा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै नेपालमा रहेका आफ्ना परिवारजन तथा आफन्तहरूलाई तत्काल सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् ।

 

नेपालीहरूले वर्ल्डरेमिट एपका अलावा यसको वेबसाइट https://www.worldremit.com/en/Nepal मा लगईन गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सकिने छ ।

 

साथै, अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजिल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी सहज रुपमा रकम पठाउन सकिने व्यवस्था रहेको छ ।

 

एनआईसी एसिया बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

 

२७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

 

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

 

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

 

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...