YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्सलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो

World Cup 2026
Facebook Link

 

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक-एक गोल गरे भने फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

 

खेलको ११औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

यस्तै खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २-० गोलको अग्रता दिलाए ।

 

जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।

 

खेलको दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो ।

 

आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

 

आर्मीका डिफेन्डर युद्द शाहीको ब्याक पासमा फ्रेन्ड्सका कप्तान प्रिजेनले उपलब्ध गराएको बलमा एन्थोनीले सहजै गोल गरे ।

 

खेलको ७१औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए ।

 

जगजितको कर्नरमा अनमार्क रहेका सुमनले हेड मार्फत गोल गरे ।

 

खेलको ७८औं मिनेटमा फ्रेन्ड्सका सुरज बिकको हेडर आर्मीका गोलकिपर विकेशले उत्कृष्ट बचाउ गरे ।

 

त्यसपछि थप गोल भएन र आर्मीले सहज जित निकाल्यो ।

 

जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

 

आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।

 

फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ ।

 

हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...