YouTube Link

विशेष शो अर्थात नाटक ‘पुतलीको घर’ मञ्चन हुँदै

Facebook Link

 

 

काठमाडौं: करिब एक दशक लामो समय बन्द भएको नेपाली रंगमञ्च ‘गुरुकुल’ आजबाट सुरु हुने भएको छ ।

 

थापागाँउस्थित कौशी थिएटरसँग एक वर्षको सम्झौता पश्चात पुस ३० गतेदेखि एक वर्षका लागि गुरुकुलले कमब्याक गर्न लागेको हो ।

 

कमब्याकलाई विशेष बनाउन कौशी थिएटरमा चित्रकारहरुको चहलपहल छ । विहान १० बजेदेखि १ बजेसम्म त्यही बसेर क्यानभास रंग्याउदै छन् ।

 

चित्रकलाको चहलपह सकेसँगै दिउँसो २ बजेदेखि कविता वाचन कार्यक्रम राखिएको छ भने ३ बजेदेखि उद्घाटन कार्यक्रम छ ।

 

उद्घाटन कार्यक्रमपछि ४:३० बजेदेखि गुरुकुलको विशेष शो अर्थात नाटक ‘पुतलीको घर’ मञ्चन हुँदैछ ।

 

गुरुकुलको कमब्याकको रुपमा आज विशेष शो मात्रै हुनेछ भने भोलीदेखि सोमबार बाहेक हरेक दिन दिउँसोको ४:३० बजे कौशीमा माघ २२ गतेसम्म नियमित मञ्चन हुँदैछ ।

 

शनिबार दिउँसोको १ बजे पनि गरेर दुई शो मञ्चन हुनेछ ।

 

हेनरिक इब्सनको नाटक ‘अ डल्स हाउस’ को नेपाली अनुवाद तथा निर्देशन सुनील पोखरेलले गरेका हुन् ।

 

नाटकमा पुरानै कलाकार टिम निशा शर्मा, मणि नेपाल, शेखर चापागाईं, राजकुमार पुडासैनी र अन्जु देउजाको अभिनय हेर्न सकिन्छ ।

 

नाटकको सुरुका चारदिन भने नेपालको पात्र सुनील पोखरेलले निभाउँदै छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...