सात दिनमै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाईने, क-कसले र कसरी पाउन सकिन्छ ?
वि.सं.२०७८ पुस २९ बिहीवार २०:३३
3.3K
shares
काठमाडौं: यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) तत्काल चाहिनेले एक साता अगाडि आवेदन दिन अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै विभागले अत्यावश्यक पर्ने (विदेश जाने, शान्ति सेनामा जाने, सेना, प्रहरी तथा अत्यावश्यक)लाई एक सातामा उपलब्ध गराउने भएको हो ।
सवारी चालक अनुमति पत्र प्रिन्ट गरी आउन सात दिन लाग्छ । यसरी अत्यावश्यक हुनेले सोही बमोजिम खुलाएर आबेदन दिनुपर्ने जनाएको छ ।
लाइसेन्स छाप्ने कार्ड अभाव भएको भन्दै २०७७ फागुनदेखि लाइसेन्स छपाइ रोकिएको थियो ।
गत वर्षदेखि रोकिएको लाइसेन्स छपाई गत १३ पुसबाट सुरु गरिएको थियो ।
वि.सं.२०७८ पुस २९ बिहीवार २०:३३



















