काठमाडौं उपत्यकाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु
वि.सं.२०७८ पुस २५ आइतवार १६:०७
1.8K
shares
काठमाडौं: नेपाल सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ ।
उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरेको हो ।
यता, काठमाडौंमा भने २७ पुस (मंगलबार)देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ ।
एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।
सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।
वि.सं.२०७८ पुस २५ आइतवार १६:०७



















