सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै
वि.सं.२०७८ पुस २५ आइतवार ०९:२७
1.7K
shares
काठमामाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र थ्रीस्टार क्लब भिड्दै छन् ।
यी दुईबीचको खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ ।
लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन खोजीमा हुनेछ भने पाँच खेलयता अपराजित थ्रीस्टार पनि जितको खोजीमा छ ।
पछिल्लो खेलमा जावलाखेलविरुद्ध तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ ।
थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
हिमालयन शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
विश्वास श्रेष्ठको कप्तानीमा रहेको शेर्पा र विक्रम लामाको कप्तानीमा रहने थ्रीस्टार दुबैलाई राष्ट्रिय तथा युवा खेलाडीको भर छ ।
वि.सं.२०७८ पुस २५ आइतवार ०९:२७



















