सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो र संकटाले खेले बराबरी
वि.सं.२०७८ पुस २३ शुक्रवार १५:१५
1.8K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो हाफको २३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाएका थिए ।
खेलको ३२औं मिनेटमा संकटाका लागि जय गुरुङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
बराबरीपछि अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।
संकटाले लिगको ८ खेलमा ३ जित र ५ बराबरीको नतिजा निकालेको छ ।
सातदोबाटो ८ खेलबाट ९ अंक जोडर आठौं स्थानमा यथावत रहेको छ ।
सातदोबाटोले लिगमा २ जित, ३ बराबरी र ३ हारको नतिजा निकालेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १५:१५



















