YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्षस्थानमा रहेको मछिन्द्र संकटासँग रोकियो

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले संकटा क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा अंक बाड्न बाध्य बनेको हो ।

 

खेलको पहिलो मिनेटमा फोडे फोफाना चुक्दा संकटाले अग्रता लिने सुवर्ण मौका गुमायो । जय गुरुङको पासमा फोडे फोफानाको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले अघि बढ्दै बचाएका थिए ।

 

खेलको दोस्रो हाफमा सुधारिएको खेल पस्कदै संकटामाथि दवाव बढाएको मछिन्द्रले ६१औं मिनेटमा गोल गरेपनि गोलले मान्यता पाएन ।

 

सुनिल बलको पासमा मनिष डाँगीले गोल गरेपनि मनिषले बल भेट्नुअघि नै गोलरक्षक राजा बाबु थापालाई फउल गर्न पुगेका थिए ।

 

जारी लिगमा अपराजित रहेको मछिन्द्रको यो दोस्रो बराबरी हो ।

 

यसअघि मछिन्द्रले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

 

अपराजित रहेको संकटाको भने यो तेस्रो बराबरी हो । संकटाले हिमालयन शेर्पा र मनाङसँग बराबरी खेलेको थियो ।

 

बराबरसँगै मछिन्द्रले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिने मौका गुमाएको छ ।

 

मछिन्द्रले एक खेल कम खेलेको मनाङलाई १ अंकले पछि पारेको छ ।

 

शनिबार दोस्रो स्थानमा रहेको मनाङले पुलिसलाई हराउन सके मछिन्द्रले शीर्षस्थान गुमाउनेछ ।

 

बराबरीसँगै संकटाले पनि शीर्षस्थानमा पुग्ने अवसर गुमाउँदा चौथो स्थानमा यथावत रहेको छ । समान ९ अंक नै रहेपनि आर्मी गोलअन्तरमा तेस्रो स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...