सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलका पाँचौं चरणको खेलहरु आजबाट
वि.सं.२०७८ पुस २ शुक्रवार ०८:१८
1.6K
shares
काठमाडौं: सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाँचौं चरणको खेलहरु आजबाट सुरु हुँदैछ ।
पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
लिग अन्तर्गत नै दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र मछिन्द्रबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
सातदोबाटो तेस्रो जितको खोजीमा हुनेछ । सातदोबाटो ४ खेलमा ७ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।
आर्मी ४ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्मी सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ ।
दोस्रो खेलमा संकटा क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
संकटा ४ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । संकटा मछिन्द्रलाई हराएर उपाधि दाबेदार कायम राख्न चाहन्छ ।
संकटालाई हराएर मछिन्द्र शीर्ष स्थान कायम राख्न चाहन्छ ।
वि.सं.२०७८ पुस २ शुक्रवार ०८:१८



















