YouTube Link

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदै, अझै लागेन उम्मेदवारको टुंगो

Facebook Link

काठमाडौं: आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

काठमाडौंस्थित भृकुटीमण्डमा शुक्रबार शुरु भएको महाधिवेशन उद्घाटनसत्र सकिएपछि भएको बन्दसत्रले तीनवटा प्रतिवेदन पारित गरेको थियो ।

निर्वाचनबाट कांग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १, अपाङ्बाट १ सदस्य  निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित छ भने उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी दिनेछन् । यस्तै रामचन्द्र पौडेल पक्षले भने हालसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । पौडेल समूह आज पनि एक पटक छलफलमा बस्नेछ भने त्यहाँ सहमतिको प्रयास हुनेछ । सो समूहमा प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि सहमति हुन नसकेको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार बन्दसत्र सत्रिएपछि महाधिवेशन अब चुनाव केन्द्रित भएको हो । शनिबार उम्मेदवारी दर्ता हुने छ भने पर्सि सोमबार मतदान हुनेछ ।

यस्तो छ चुनावी कार्यतालिका

१. उम्मेदवारको मनोनयन दर्ता : आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म।

२. उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुँझ : आजै बेलुका ५ बजेदेखि ७ बजेसम्म। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय हुने र १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन (देवनागरिक वर्णानुक्रम अनुसार) हुनेछ ।

३. भोलि बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो १२ : १५ बजे हुनेछ।

४. मतदान पर्सि बिहान ८ बजे हुनेछ ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचन सम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...